काठमाडौँ । माइतीघरबाट बानेश्वरतर्फ जाँदै गरेका नेकपा एमालेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
स्थानीय स्रोतका अनुसार आन्दोलनकारीहरूले केही वस्तु प्रहार गर्दा सुरक्षा निकायले लाठीचार्जमार्फत नियन्त्रण गर्ने प्रयास गरेको थियो।
घटनामा केही व्यक्तिहरू घाइते भएका छन्, जसमा एक जनालाई टाउको चोट लागेको बताइएको छ। प्रहरी र स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न प्रयास जारी राखेको छ ।