२०७७ साल अधिक आश्विनशुक्लपक्ष असोज ११ गते आइतवार एकादशी तिथि श्रवण नक्षत्र चन्द्रमा मकर राशिमा
मेष राशि : काममा आशा लाग्दो समय छ । मायालुका मन लोभ्याउने कुराले खुशि बनाउनेछ । अनौठा कुरा सुन्न पाइने छ । स्वास्थ्यका कुरामा विशेष सावधान रहनुहोला । कामहरु सजिलै बन्नेछन् । छोटो मीठो यात्रा पनि हुनेछ । आर्थिक हिसाबले समय बलियो छ ।
बृष राशि : आर्थिक कुरामा लाभ मिल्ने छ । पठन पाठनमा कमै मन जाला । मायालुको साथ रहनेछ । खेलकुदमा मन जानेछ । यात्रा रमाइलो रहनेछ । सामाजिक काममा धेर थोर मन जाने देखिन्छ । सर सामान हराउने वा चोरी हुन सक्छ सावधान रहनुहोला ।
मिथुन राशि : स्वास्थ्य सामान्य रहला । सोमबार पछि नपत्याएका कामहरु बन्नेछन् । यात्रामा रमाउन पाइनेछ । पैसो कमाइने छ, प्रयास गर्नुहोला । कलाकारहरुका लगि बिशेष खुशिको समय रहनेछ । मंगलवारपछि काममा बाधा हुन सक्छ, सावधान रहनुहोला ।
कर्कट राशि : काममा साथीहरुको सहयोग सम्झन योग्य रहनेछ । पराक्रम बडेर जाने छ । रिसको मात्रालाई कम गर्ने कोसिस गर्नुहोला । व्यवसायमा खुशि हुनुहुनेछ । कागज पत्रको काममा बाधाहरु उत्पन्न होलान् । आगो र विजुली संग विशेष जोग्गिएर काम गर्नु होला ।
सिंह राशि : प्रेम प्रसंगमा अनायासै खटपटी होला । आश्चर्य लाग्दो कुरा यात्रामा देखिनेछ । स्वास्थ्यमा चनाखो रहनु होला । मिठा कुरा खान पाइनेछ । सोचेका कामहरु बिस्तारै बन्दै जानेछन् । अर्थिक कुरामा सुधार आउनेछ । साथीहरुको सहयोगमा खुशि हुनुहुनेछ ।
कन्या राशि : रोकिएर रहेका काम बन्ने छन् । कल्पनै नगरेको साथी संग भेट हुनेछ । रमाइलो स्थानको यात्रामा सरिक भइनेछ । मायालुको सहासी कुराले मनमा उत्साह थप्नेछ । दिनको मध्यतिर ज्ञान विज्ञानका कुरा सिक्न पाइनेछ । खेलाडि तथा कलाकारहरु बिशेष खुशि रहनुहुने छ ।
तुला राशि : प्रेममा सफलता पाइनेछ । आर्थिक कुरामा फाईदा हुनेछ । कर्मचारी वर्गलाई धेरै नै राम्रो हुने छ । साझेदारी काममा अझ बडि लाभ मिल्नेछ । अल्छि पन बडनेछ । कामको सिलसिलामा नँया स्थानको यात्रा हुनेछ । तर यात्रामा सावधान पनि रहनु पर्ने छ ।
बृश्चिक राशि : नया कामको योजना बन्नेछ । काममा जुटने जाँगर पनि हुनेछ । मायाका कुरामा खुब रमाउन पाइनेछ । स्वास्थ्य बिग्रन सक्छ सावधान रहनुहोला । यात्रा पनि सम्झन योग्य रहनेछ । अर्थिक लेनदेनका कुरामा सावधान रहनुहोला ।
धनु राशि : पूरानो साथी संगको भेटले मन रमाउनेछ । अनुहारमा चमक देखिनेछ । पेशागत कुरामा राम्रा शुभ संकेतहरु देखिनेछन् । लेनदेनको कारोवारमा क्रमिक रुपमा सुधार हुनेछ । मायालु मान्छेको पूर्ण साथ र सहयोग पाउनु हुनेछ ।
मकर राशि : घर परिवारमा अचल संपत्ति बेच बिखनका बारेमा छलफल हुने छ । प्रेम प्रसंगमा खटपट भएपनि त्यो खटपट आफै मिल्नेछ । काममा प्रसस्त मात्रामा मन जानेछ । खानपिनका कुरामा सावधान रहनु होला । छोटो यात्राले खुशि बनाउनेछ ।
कुम्भ राशि : नया कुरा किन्ने योग छ । प्रेममा मीठा कुरा हुनेछन् । यात्राका क्रममा मनलाई नै चकित पार्ने कुराहरु देखिनेछन् । आर्थिक कारोबारमा बिशेष सावधान रहनुहोला । यातायात ब्यवशायीहरु खुशि रहनुहुने छ । पूरानो साथी संगको भेटले पूराना कुराको सम्झना गराउने छ ।
मीन राशि : टाढाबाट शुभ समचार सुन्न पाइनेछ । नया मान्छे संगको भेटले तपाईको मनमा यो प्रेम भाव जाग्नेछ । प्रतिस्पर्दात्मक काममा साफलता प्राप्त होला । कमाउने कुरामा साथ दिने किसिमको समय छ । नया कुरा सिक्न बलियो समय छ ।