काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला प्रहरी परिसर काठमाडौँबाट अस्पतालतर्फ लगिएको छ । त्रिभुवन शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिनेछ ।
आज बिहान भक्तपुरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।