सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
आचार्यले उपस्थित हुने निवेदन दिएका थिए। त्यसमा आचार्यको बयान सकिएसँगै थुनछेक आदेश भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा मुद्दा दायर गरेको थियो।
५५ जना प्रतिवादी बनाइएको यस मुद्दामा ४० जना हाजिर भइसकेका छन्। उनीहरू धरौटीमा रिहा भएका छन्।यस मुद्दामा आचार्यसहित पाँच जना पूर्वमन्त्री छन्।
पूर्वअर्थमन्त्री रामशरण महत, पूर्व पर्यटन मन्त्रीहरू रामकुमार श्रेष्ठ, दीपक अमात्य र पोष्टबहादुर बोगटीविरुद्ध मुद्दा दायर भएको थियो। बोगटीको मृत्यु भइसकेको छ।