काठमाडौं महानगरमा मात्रै साढे ६ हजार बढी संक्रमित
काठमाडौं महागनरमा मात्रै ६ हजार ५ सय भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौं महानगरको शहरी स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार शनिबारसम्म काठमाडौं महानगरपालिकाभित्र मात्रै ६ हजार ५ सय १२ कोरोना संक्रमित फेला परेका हुन् ।
संक्रमितमध्ये २ हजार ५ सय ४१ जना निको भएर घर फर्केका छन् भने २ हजार ६८ जना होम आइसोलेशनमा रहेका छन् भने ९ सय ६९ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
अहिलेसम्म महानगरमा ५३ जनाले ज्यान गुमाइसकेका छन् । शनिबारसम्म महानगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ५४ रहेको महाशाखाले जनाएको छ ।