काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ।
आयोगका अनुसार सुनसरी ४, नुवाकोट १, गोरखा १, इलाम १, संखुवासभा १ र अछाम २ को मत परिणाम आउन बाँकी छ।
हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२२ सिटसहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७, नेकपा एमालेले ७, नेपाल कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रबाट १ जना विजयी भएका छन्।
धनुषा क्षेत्र नं १ को मतगणना भने हाललाई स्थगित गरिएको छ।