काठमाडौँ । बर्दिया २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का श्रीधर पोख्रेल विजयी भएका छन्। उनले २९ हजार ६७८ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर सिंह राठोरले २० हजार ४०२ मत ल्याए। त्यस्तै नेकपाका सुरेश पन्थले १९ हजार १८० र नेकपा एमालेका विमला विकले १० हजार ७७२ मत ल्याए।