काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत नजिक पुगेको छ ।
प्रत्यक्षतर्फको १६५ सिटको मतगणना हुँदा अहिलेसम्म रास्वपाले ९७ क्षेत्रमा जित निकालेको छ भने अझै २८ क्षेत्रमा अगाडि छ ।
दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १४ सिट जित्दा दुई क्षेत्रमा अग्रता कायम राखेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले सात क्षेत्रमा जित निकाल्दा चार क्षेत्रमा अग्रता कायम राखेको छ । ६ क्षेत्रमा विजयी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई क्षेत्रमा अग्रता कायम राखेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने एक क्षेत्र जुम्लामा मात्र जित निकालेको छ ।