काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले मतान्तर बढाउँदै लगेकी छिन् ।
पछिल्लो विवरण अनुसार, गौतमले २३ हजार ५१८ मत प्राप्त गरेकी छिन् ।
दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले १० हजार २० मत प्राप्त गरेकी छिन् ।
उनीहरूबीच १३ हजार ४९८ मतको मतान्तर छ । त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ३ हजार २८, नेकपा एमालेका शंकर थपलियाले २ हजार ४७७ मत प्राप्त गरेका छन् ।