काठमाडौँ । नेपाली काँग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभा अहिले सुर्खेतमा जारी छ । सुर्खेत पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला हो ।
काँग्रेसका सभापति गगन थापाले सम्बोधन गर्ने यो सभामा खड्का सहभागी छैनन् । गगनको नेतृत्वमा विशेष महाधिवेशन हुँदा खड्का कार्यवाहक सभापति थिए ।
निर्वाचन आयोगले पनि गगन नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि खड्का सर्वोच्च अदालतसम्म पुगेका थिए । सर्वोच्चले पनि तत्कालीन सभापति शेरबहादुर देउवाको पक्षमा फैसला नदिएपछि उनी चुनावी अभियानमा हिँडेका छैनन् ।
आफ्नै गृह प्रदेशमा भएको चुनावी सभामा आज पनि देखिएनन् । कार्यक्रमलाई सभापति थापासहित उपसभापति पुष्पा भुसाल, नेताहरू हृदयराम थानी, ललिजंग शाहीलगायत सहभागी छन् ।
प्रदेशका उपसभापति विष्णुबहादुर पूर्णबहादुरका आफ्नै भाइ हुन् । उनी सुर्खेत९१ बाट उम्मेदवार बनेका छन् ।
सभालाई सम्बोधन गर्दै खड्काले कर्णालीमा पार्टी एक ढिक्का भएको चुनावी मैदानमा होमिएको दाबी गरे । कर्णालीका १० ओटै निर्वाचन क्षेत्रमा काँग्रेसप्रति जनलहर आएको जिकिर गर्दै गलत भाष्य बनाइएको उनको भनाइ छ ।