काठमाडौँ । नेपाली काँग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ ।
बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा पत्रबारे विस्तृतमा जानकारी दिन काँग्रेसले बिहीबार खुला प्रश्नोत्तर गर्ने भएको हो । बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईको प्रश्न’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी हुनेछन् ।
प्रतिज्ञा पत्रका बारेमा देश विदेशबाट प्रश्न लिँदै सभापति थापाबाटै जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।