काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार पार्टीका केही नेता कार्यकर्तासहित पुगे छन् ।
स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।