काठमाडौँ – प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन्।
रास्वपाले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम राखेको छ। लामिछानेले तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट कार्यक्रम रहेको रास्वपाले जनाएको छ। बुधबार अपराह्न पोखरा पुग्दा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकले स्वागत गरेका छन्।
खुट्टाको चोटका कारण दुई साता काठमाडौँमा उपचार गरेका लामिछाने केही दिनअघि चितवन गएका थिए। आफ्नो चुनावी क्षेत्रमा घरदैलो र मतदाता भेटघाट गरेका थिए।
त्यसपछि उनी नवलपरासी पूर्वका चुनावी कार्यक्रममा सहभागी भएका थिए। मंगलबार रुपन्देहीमा भेटघाट कार्यक्रमपछि उनी आज पोखरा पुगेका हुन्।