काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने बताएका छन् ।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने उनको दाबी छ ।
प्रचण्डले भने, ‘प्रष्ट रुपमा जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग हाम्रो गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं ।’अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको उनले बताए ।