काठमाडौँ । उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भाँडिएसँगै उनेपाले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने भएको हो ।
निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक लगतै साँझ ६ः०० बजे पार्टी कार्यालयमै पत्रकार सम्मेलन आयोजना गरेको छ ।