काठमाडौ । ग्यालेक्सी पब्लिक स्कूलका शिक्षकहरुले चैत्र देखि आफूहरुले पाउनु पर्ने तलबभत्ता नपाएको भन्दै आन्दोलनको तयारी गरेका छन् ।
उनीहरुले शनिबार कक्षा ९ र १० का अभिभावकहरुसंग बैठक गर्दै स्कूल प्रशासनले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको आरोप समेत लगाएका छन् ।
आफूहरु अनलाइन कक्षा पढाउन तयार हुँदा समेत स्कूल प्रशासनले पढाउन नदिएको गुनासो उनीहरुको रहको भेलामा सहभागी एक अभिभावकले जानकारी दिए ।
स्कूलले बाहिरबाट शिक्षक ल्याएर अनलाइन कक्षा संचालन गरेको , गत वर्ष भदौ देखि आफूहरुको संचयकोषमा रकम जम्मा नभएको र दिनु पर्ने सेवासुविधामा कटौती गरेको शिक्षकहरुले दावी गरेका छन ।
स्कूल संचालक गीता राणा भने शिक्षकहरुका यी सबै कुरा गलत भएको दावी गर्छिन् ।
उनले भनिन् स्कूलले जेठ महिना सम्मको तलव दिइसकेको छ । माध्यामिक विद्यालयका शिक्षकले तीन महिनामा तलब मात्रै एक लाख आठ हजार बुझेका छन् ।
यसमा कुनै भत्ता जोडिएको छैन् । नियमित तलब कसरी ख्वाउने भन्ने अवस्थामा स्कूलले भत्ता कसरी दिन सक्छ ?