अविरल वर्षाले ल्याएको पहिरोमा परेर देशभरि धेरैले ज्यान गुमाए । त्यसै मध्येकी हुन्, ८० वर्षीया तिलमाया धराली र उनकी १७ वर्षीया नातिनी शितास्मा धौलारी ।
तनहुँ जिल्लाको भानु नगरपालिकामा हजुर आमा र नातिनीको मृत्यु भएको छ पहिरोले पुरिएर मृत्यु हुनेमा भानु–९ सिमलगैराकी ८० वर्षीया तिलमाया धराली र उनकी १७ वर्षीया नातिनी शितास्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय मनोज धौलारीको घर पहिरोले पुरिदा दुई जना बेपत्ता भएका थिए भने तीन जना भाग्न सफल भएका थिए । पहिरोमा परि बेपत्ता भएकी शितास्माको भने जीवितै उद्धार गरि उपचार लागि स्थानीय उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा मुत्यु भएको प्रहरीले बताएका छन् । तिलमायाको भने घटना स्थलमै मुत्यु भएको थियो ।
जब आफुले पढ्ने किताब निकाल्न खोजिन्…
कोरोनाको कारण विद्यालय जान नपाएकी शितास्मा धौलारी घरमै बसेर पढ्न सुरु गरिन् ।
भर्खरै कक्षा ९ बाट पास भई १० कक्षामा भर्ना भएकी उनि नयाँ कक्षामा पढ्न उत्साहीत थिईन् ।
कोरोनाले तत्काल विद्यालय नखुल्ने भएपछि भानु नगरपालिका वडा ९ को कालिका मा. वि मा अध्यनरत उनी आफ्नो घरमा दैनिक जसो पढ्ने गर्थिन् । अन्य दिन जस्तै सोमबार पनि शितास्मा घरको पिढीमा ८० वर्षीय आफनो हजुर आमा तिलमाया सँग गफ गदै बसेकी थिईन् ।
अचानक घर माथिबाट पहिरो खस्दै गरेको आवाज आएको भन्दै सबैलाई भाग्न अनुरोध गरिन् तर विडम्बना उनले आफुले आफ्नो किताब निकाल्न खोज्दा उनीमाथि नै पहिरो खस्यो । किताब निकाल्न नपाउदै उनलाई पहिरोले पुरिदियो । उनले पहिरो आयो भन्दै चिच्याएकै कारण परिवारका पाँच सदस्यमध्ये तीनजना पहिरोबाट जोगिए भाग्न सफल भए । तर, हजुर आमा सँगै उनी पनि पहिरोमा पुरिनन् ।
घटनालगत्तै प्रहरी र स्थानीयको सक्रियतामा पुरिएकी शितास्माको जीवितै उद्धार गरि उपचारको क्रममा नजिकैको स्वास्थ्य संस्थामा पठाईयो । ठाउँ ठाउँमा बाटो बिग्रिएका कारण एम्बुलेन्स आउन नसकेपछि एक्साभेटरमा राखेर उपचारका लागि उनलाई स्वास्थ्य संस्थामा पठाइएको थियो । उपचारको क्रममा उनको निधन भयो ।
पढेर ठूलो मान्छे बन्ने उनको सपना त्यही अस्तायो । यता उनकी ८० वर्षीया हजुरआमा तिलमाया भने पहिरोमा पुरिएकी थिईन् । स्थानी, प्रहरी लगायत अन्यको उद्धारको प्रयासमा मृत अवस्थामा हजुरआमाको श-व फेला पारेको थियो ।