आफ्नाे मुख्य ग्रहकाे आधारमा ग्रहकाे तत्व पत्ता लगाएर कुन लाईनमा लाग्दा भाग्यले साथ दिन्छ भन्ने थाहा पाएर मात्रै अध्ययन प्रारम्भ गरेमा सफल हुने ज्याेतिषी हरुले जानकारी गराएका छन् ।
हरेक मानिसकाे मुख्य ग्रह फरक फरक हुने गर्दछ। मुख्य ग्रह भनेकाे जन्मेको समयमा जुन लग्न उदय हुन्छ तेही नै मुख्य ग्रह हाे ।
यदि तपाईं सिंह लग्नमा जन्निनु भएकाेेे छ भने तपाईंको मुख्य ग्रह भनेकाे सूर्य हाे ।यस्ता मानिसले चिकित्सा, शरीर विज्ञान, प्राणीषास्त्र, नेत्र-चिकित्सा, राजभाषा, प्रषासन, राजनीति, जीव विज्ञान। आदि विषय पढेमा सफल हुने छ ।
यदि तपाईं कर्कट लग्नमा जन्मिएको हुनुहुन्छ भने मुख्य ग्रह चन्द्रमा हुन्छ ।
यस्ता मानिसले मेडिकल , कलाकारिता, वनस्पति विज्ञान, जीव विज्ञान (जूलोजी) होटल प्रबंधन, काव्य, पत्रकारिता, पर्यटन, कस्मेटिक सर्जरी रसायन विज्ञान आदि बिषयमा सफल हुने छ ।
यदि मेष तथा बृश्चिक लग्नमा जन्म भएका मानिस हरुले विशेषगरी भूविज्ञान, कानून, इतिहास, पुलिस संबंधी प्रषिक्षण, ओवरसीज़ प्रषिक्षण, सर्वे अभियांत्रिकी, पाईलट शिक्षा, शल्य चिकित्सा, विज्ञान, अटाेमुवायल , टेलरिंग या अन्य प्राबिधिक विषय हरुकाे पढाइ खेल कूद संबंधी प्रशिक्षण, सैनिक शिक्षा, दंत चिकित्साआदि विषय शुभ हुने छ ।
यदि तपाईंको जन्म धनु तथा मीन लग्नमा भएकाे छ भने विशेषगरी बीजगणित, विभिन्न देशका भाषा,आयुर्वेदिक षास्त्र, अर्थषास्त्र,दर्शनशास्त्र मनोविज्ञान, धार्मिक या आध्यात्मिक लाईनका विषय शुभ हुन्छ ।
यदि मिथुन तथा कन्या राशिमा जन्म भएकाे छ भने विशेषगरी गणित,खगोल तथा ज्योतिष शास्त्र ,व्याकरण, लेखक, हस्तरेखा विज्ञान शब्दशास्त्र (भाषा विज्ञान), टाइपिंग, पुस्तकालय विज्ञान, लेखा, वाणिज्य, शिक्षक प्रशिक्षण सम्बन्धि विषयमा अध्ययन गरेमा सफल हुने छ ।
यदि बृष तथा तुला राशिमा जन्मिनु भएकाे छ भने ललितकला (संगीत, नृत्य, अभिनय, चित्रकला आदि), फिल्म, टी.वी., भेषभूषा, फेसन डिजायनिंग, काव्य साहित्य एवं अन्य विविध कलाहरु आदि विषयमा रहेर अध्ययन गरेमा सफल हुने छ ।
यदि मकर तथा कुम्भ राशिमा जन्म भएकाे छ भने विशेषगरी भूगर्भषास्त्र, सर्वेक्षण, रसायनविद् , औद्योगिकी,मेसिनरी सम्बन्धि , भवन निर्माण, या ईन्जिनियरिङ छपाई सम्बन्धि हरेक बिषयमा रहेर अध्ययन गरेमा शुभ हुन्छ ।
अतः ज्योतिष सिद्धांतमा आधार भएर ग्रहों हरुकाे पारस्परिक संबंधों लाई ध्यानमा राखेर अध्ययन गरिएको हुन्छ ।
लेखक- रिजाल ज्याेतिष तथा वस्तुविद् हुन ।
उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन
सम्पर्क ९८५१०६११२४
ईमेल rijal.suresh123[at]gmail.com