काठमाडौँ । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ ।
धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहानदेखि नै नागढुंगा-मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको बताइएको छ।