बाग्लुङको बलेवाका एक युवा पवर्तमा क्वारेन्टिनमा बस्नुपर्ने भएपछि भीरबाटह हाम फालेर आ त्मह त्याको प्रयास गरेका छन ।
बाग्लुङ नगरपालिकाको वडा नम्बर १३ पैयुँपाटाका चन्द्र बहादुर नेपाली पर्वतको चुवा भीरबाट हाम फालेका हुन ।
सोमबार बिहान पोखरा बाग्लुङ सडकखण्डको चुवाभीरमा बस रोकेको अवस्थामा हाम फालेको पर्वत प्रहरीले जानकारी दिएको छ ।
सडकबाट झन्डै ६० मिटर तल हाम फाल्दा गम्भीर घाइते भएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।
उनको टाउकोमा गम्भीर चोट लागेका कारण पर्वत अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
केहि समयदेखी भारतमा अलपत्र नेपालीलाई सुनौलीबाट उद्दार गरेर लैजादैं गर्दा क्वारेन्टिनमा बस्नुपर्ने भए आ त्मह त्या गर्छु भन्दै बसको अलिकति पछाडीको भागतर्फ गएर सिधै भीरमा हाम फालेको प्रत्यक्षदर्शीको भनाई छ ।
लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका अन्य व्यक्तिहरुसँगै आएका उनि गाडी रोकेको अवस्थामा हाम फालेका हुन । नेपालीलाई बाग्लुङ बजार नजिकै रहेको क्वारेन्टिनमा राख्ने तयारी थियो ।
भेडबाख्रा जस्तै गरी बस्नुपर्छ क्वारेन्टाइनमा
बाग्लुङ्ग जिल्लाका विभिन्न क्वारेन्टाईनहरुमा सयौँ नागरिकहरु कष्टपूर्ण जीवन बिताएर बसिरहेका छन् ।
क्वारेन्टाईनमा १४ दिन बस्नै पर्ने र पीसीआर रिपोर्ट नेगेटिव आएमा घरमा जान दिईने, रिपोर्ट पोजेटिभ आए अर्थात कोरोना संक्रमण पुष्टि भएका आईसोलेसन कक्षमा बसी उपचार गर्ने सरकारी निती छ ।
बिडम्वना क्वारेन्टाईनमा बसेको झण्डै चार हप्ता पुग्दा पनि धेरै जनाको स्वाब संकलन नै गरिएको छैन, पीसीआर रिपोर्टको कुरा छोडौँ । जजस्को स्वाब संकलन गरी परीक्षणको लागी पठाईएको छ त्यस्को रिपोर्ट पनि दुई हप्ता बित्दापनि आएको छैन । दुईचार दिनमा एक पटक पोखराबाट दुईचार जनाको रिपोर्ट सार्वजनिक हुने गरेको छ । प्रतिक्षाको पनि हद हुन्छ, कति दिन पर्खिबस्ने ? भनेर क्वारेन्टाईनबासी प्रश्न गरिरहेका छन् ।
पीसीआर परीक्षण नगरी घर जान नहुने, क्वारेन्टाईनमा भेँडाबाख्रा झै कोचिएर बस्नु पर्ने, पानी आउँदा चुहिएर रुझिने, घामलाग्दा च्वात्च्वाती पोल्ने, कहिले कसको त कहिले कसको सहयोगका भरमा जीवन पाल्नु पर्ने क्या भूमरीमा परियो भन्दै कहराउदै छन क्वारेन्टाईनबासी ।