त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ ।
पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।
त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज (सोमबार) नरोकिने बताए ।
उनले आज सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिएका छन् ।