
काठमाडौं- जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ ।
प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए ।
अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।