२०७७ साल जेठ कृष्णपक्ष २५ गते आइतवार द्वितीया तिथी पूर्बाषढा नक्षत्र चन्द्रमा धनु राशिमा ।
मेष : धेरै समय बाट रोकिएको काम बन्नुकासथै लागानिको अबसर प्राप्त हुन सक्नेछ । स्वास्थ्यमा समस्या छ भने ठुलो रुप लिनसक्छ समयमा नै सतर्क रहनुहोला । घर परिवारमा राम्रो हुनेछ ।
वृषः धेरै मेहिनत गरेर थोरै प्रतिफल पाउने समय छ । आर्थिक पक्षवाट हानि हुन सक्नेछ । बहुमूल्य सामान हराउन सक्छ विचार गर्नुहोला । कतै लगानी गर्ने अवसर पाउदा गर्दा राम्रो हुनेछ ।
मिथुनः सौन्दर्यको क्षेत्रमा काम गर्नु हुन्छ भने समय तपाइको पक्षमा छ कुने शुभ समाचार वा पुरस्कार हरु प्राप्त हुन सक्नेछ । व्यपाहार व्यबसायवाट राम्रो लाभ मिल्नेछ । काममा पदोन्नतिको सम्भावना छ ।
कर्कटः शत्रु वा झणको कारण समस्यामा पर्नु पर्ने हुन सक्छ सतर्क रहनु जरुरी छ । मावली पक्षवाट भने लाभ मिल्नुका साथै सम्वन्धमा मधुरता छाउने छ । यात्राको अवसर प्राप्त हुन सक्छ ।
सिंह : अचल धनको किन बेच हुन सक्ने समय छ तथा अरुको विश्वासमा काम नछोड्नुहोला अन्यथा काममा समस्या वा आरोप लाग्न सक्नेछ । जागिरमा सहकर्मी सँग झगडा पर्न सक्छ सतर्क रहनु होला ।
कन्याः कुनै नँया सामाचार सुन्ने कारणले गर्दा मन प्रसन्न रहनुका साथै भविष्यमा नाफा पनि हुन सक्छ । आर्थिक हानिको भने समय छ । सापटि नदिनुहोला । सहयोग गर्नेहरु बढ्ने छन् ।
तुलाः सबैतिर बाट आनन्द प्राप्त हुँदा तपाइलाई घर परिवार वाट भने तनाब बढ्न सक्नेछ । यात्राको अवसर का साथै कतै जग्गा जमीन वा घर मा लगानि गर्ने अवसर प्राप्त हुन सक्नेछ ।
वृश्चिक : स्वास्थ्यमा ख्याल गर्नुका साथै अरुको कुरा सुन्नवाट जोगिनु होला अन्यथा घर परिवारमा विवाद पर्न सक्नेछ । आर्थिक लाभको भने समय छ । काममा सन्तुष्टी प्राप्त हुन सक्छ ।
धनु : यात्रा गर्दा विचार गर्नु होला समस्यामा पर्न सकिन्छ । नगरेको गल्तीको आरोप लाग्न सक्छ । आर्थिक वृद्धि भने हुनेछ । नयाँ कामको अवसर प्राप्त हुन सक्छ साथीभाइले सहयोग गर्ने छन् ।
मकर : कतै बाट अप्रिय समाचार सुन्नुपर्ने हुन सक्छ । तथा आर्थिक हानीको पनि समय छ । काममा मन नलाग्न सक्छ विचार गर्नु हुन जरुरी छ पैसा कसैलाइ नदिनुहोला फस्ने सम्भावना देखिन्छ ।
कुम्भ : मान सम्मानमा वृद्धिको साथै तपाइको प्रशंसा गर्ने व्यक्त्तिहरु बढ्नेछन् । विदेश वाट आर्थिक लाभको साथै नयाँ काममा लगानी हुन सक्छ । साथीभाइसँगको भेटले मन रमाउने छ ।
मीन : काममा राम्रो भइएता पनि पत्नी वा साथीभाइ सँगको सम्वन्धमा तिक्तता बढन सक्छ । आर्थिक हानिको समय छ । काममा भने प्रशंसा प्राप्त हुनेछ ।