![समिक्षा अधिकारीले गाइन् ‘नो मनी, जोगी बनि डुल्छु फनफनी’](https://ktmdainik.com/wp-content/uploads/2022/02/Samikshya-Adhikari.jpg)
गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ।
गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ।
महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ।
भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ।
(भिडिओ)