दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ । कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ ।
प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ । पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ। जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ।
विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ। जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन। त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्याउँछ।
बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ। बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ। जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ।
बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं। हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं। जसले गर्दा तपाईंको दिनको शुरुआत राम्रो हुँदैन।
त्यसैले यस्ता गल्ती गर्नुहुदैन ।
-बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।
-बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।
-बिहान उठेर कसैसंग झु-ठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।
-साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्काे स्वरमा ह-र्कानु हुदैन ।
-बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गा-ली गर्नुहुदैन ।
-पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।
– खानालाई नमिठो भन्दै फ्याक्ने, वा थु-क्ने गर्नु हुदैन ।
-घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।
के गर्नुपर्छ ?
-बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ ।
-आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।
-खाना खानु अघि किशानलाई धन्यवाद दिनुपर्छ ।