अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ ।
‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।
भर्खरै नेपालले एमसीसी पास गरेको अवस्थामा अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछी सामाजिक सञ्जालमा यसले व्यापक चर्चा पाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ।