
काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।
भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औँ मिनेटमा गोल गरेकी हुन् ।
यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो ।