२०७७ साल जेठ कृष्ण्पक्ष ८ गते बिहिवार चतुर्दशी तिथि भरणी नक्षत्र चन्द्रमा मेष राशिमा प्रवेश गर्दैछ हेराै कस्लाई कस्ताे फल दिन्छ ।
मेष राशि : बनिरहेको काम शत्रुको कारण समस्यामा पर्नेछ ।
कुनै अपजसको सामना गर्नुपर्न सक्ने समय छ ।
यात्रा गर्दा विचार पुर्याउनु होला ।
वृषः अरुकाे कारणले बिग्रेकाे काम सप्रेर जाने छ ।
दाजुभाइ सँगको सम्वन्धमा मधुरता छाउनुका साथै राम्रो पराक्रम वढ्ने छ ।
मिथुनः घर परिवारमा कहल देखिने छ । आर्थिक लेनदेन गर्दा विचार पुर्याउनुहोला अन्यथा तपाइको धन हानि हुन सक्छ ।
कर्कट : भाग्यमा रोकिएको काम बन्नेछ ।
नयाँ अवसर प्राप्त गर्न सक्ने समय देखिन्छ ।
घमण्डलाई छोडेर काममा अगाडि बढ्नुहाेस काममा सफलता प्राप्त हुनेछ ।
सिंहः हातहतियार चलाउनु हुन्छ भने सतर्क भएर चलाउनु होला अन्यथा चोट पटकको सम्भावना छ ।
आर्थिक हानिको समय देखिन्छ ।
कन्याः दाम्पत्य जीवनमा सुखमय वातावरण हुनेछ ।
पुरानो कुनै कुरको चिन्ता थियो भने हट्ने छ ।
काममा लाभ प्राप्त हुनेछ ।
तुला : ब्यापार व्यवसायबाट लाभ प्राप्त हुने याेग छ ।
गरेको काममा सफलता हातपर्ने छ ।
सन्तान तथा स्त्री सुखको समय देखिन्छ ।
वृश्चिक : स्वास्थ्यमा हल्का समस्या देखापरे पनि समग्रमा दिन राम्राे छ ।
कार्य क्षेत्रको लागि उत्तम समय रहेकाे छ ।
धनु: पेट वा छातिमा कुनै समस्या देखिन सक्छ । अनावश्यक कुरा मनमा खेल्ने छ जस्ले बढ्ने छ ।
बिहान ध्यान गर्दा राम्रो र मन शान्त हुनेछ ।
मकर : मनमा भएको तनाव हटेर जानेछ तथा घर परिवारमा राम्रो र शुभ समाचार सुन्न पाइनेछ ।
पुरानो मित्रको यादले केहि सताउन सक्ने छ ।
कुम्भ : पराक्रम बढ्नुका साथै गरेको काममा सफलता हात पर्ने छ ।
स्वास्थ्य क्षेत्रमा लागेका व्यत्तिका लागि भने धेरै राम्रो आर्थिक प्रगतिको समय छ ।
मीन : अचल सम्पत्ति किनबेचको लागि कुरा अगाडि बढाउँदा राम्रो हुने तथा अकाल्पनीक धन प्राप्तहुन सक्नेछ ।
स्वस्थ्यमा सामान्य समस्या देखापर्न सक्नेछ ।