नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले चक्रवात अम्पुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ ।
मौसम बिभागले अम्फान चक्रवात आँधीबाट सुरक्षित रहन आग्रह गरेको छ ।
बिभागले चक्रवात उत्तर पुर्व तर्फ सर्दै आज साँझ भारतको पश्चिम बंगाल र बंगलादेशको तटिय क्षेत्र प्रवेश गर्ने बताएको छ ।
बिभागले ट्वीट गर्दै अतिभारी बर्षा गराउने,यो नेपाल प्रवेश नगरे पनि यस्को प्रभाव पर्ने बताएको छ ।
यसको प्रभावले भोली विहान देखि कन्काई,कोशी र यसका सहायक नदी लगायत प्रदेश १ भई बहने साना नदीमा वहाव वढ्ने बताएको छ ।
जेठ ७
AMPHANचक्रवात उत्तर पुर्व तर्फ सर्दै आज साँझ भारतको पश्चिम बंगाल र बंगलादेशको तटिय क्षेत्र प्रवेश गरीअतिभारी बर्षा गराउने,यो नेपाल प्रवेश नगर्ने तर यसको प्रभावले भोली विहान देखि कन्काई,कोशी र यसका सहायक नदी लगायत प्रदेश १ भई बहने साना नदीमा वहाव वढ्ने,तर सतर्कता तह तलै हुने pic.twitter.com/a1TN5uNzxL— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) May 20, 2020
चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभावले आज देशभर सामान्य बदली रही पूर्वी भूभागका धेरैजसो स्थानहरु, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो ।
यस चक्रवातको नाम अम्पुन नामाङ्कन गरिएको छ ।
उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा पछि उत्तर–उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ ।
यो चक्रवात अझ शक्तिशाली बन्दै भारतको पश्चिम बङ्गाल/बङ्गलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको छ ।
मौसमविद् कँडेलका अनुसार नेपालमा अम्पुन चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्वी र मध्य क्षेत्रको मौसम आगामी तीन/चार दिन प्रभावित हुनेछ ।