
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार विज्ञान तथा सूचना प्रविधि विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय रहेको बताए।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउ नसके नेपालमा धेरै काम गर्न सकिने उनले बताए।
‘आजको समय नै इन्टरनेटको हो। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न थालेका छौँ। यसको प्रयोग बढाउ नसके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु,’सभापति देउवाले भने।
अहिलेको बेला एआईको सदुपयोग देश र पार्टीले गर्न सक्ने पनि उनले बताए।
‘आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता पनि हो। हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा पनि प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक छ,’ सभापति देउवाले भने।