काठमाडौँ, १८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गर्दै तरकारी, फलफूल, मसला तथा अन्य खाद्यवस्तुको मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ५०, भारतीय ठूलो गोलभेँडा रु ७० र टनेलमा उत्पादन हुने सानो गोलभेँडा रु २५ कायम गरिएको छ। रातो आलुको मूल्य प्रतिकिलो रु ३७ देखि रु ५२ सम्म रहेको छ भने सेतो आलु रु ३५ र भारतीय सुकेको प्याज रु ५७ प्रतिकिलो तोकिएको छ।
हरियो तरकारीतर्फ स्थानीय गाजर रु १२०, तराई गाजर रु ८०, स्थानीय बन्दा रु ३५, स्थानीय काउली रु १००, रातो मूला रु ३० तथा सेतो मूला रु १५ प्रतिकिलो निर्धारण गरिएको छ। लाम्चो भन्टा रु ४० र डल्लो भन्टा रु ५० प्रतिकिलोमा बिक्री हुने समितिले जनाएको छ।
सिमी तथा अन्य मौसमी तरकारीमध्ये बोडी तने रु ६५, मकै बोडी रु ८०, घिउ सिमी रु १००, भटमासको कोसा रु ९०, तीते करेला, लौका, परवर र स्कुस रु ५०, चिचिण्डो रु ३०, घिरौँला रु ४०, झिगुनी रु ६०, हरियो तथा पाकेको फर्सी रु ६०, भिन्डी रु ५०, सखरखण्ड रु १२० र पिँडालु रु १०० प्रतिकिलो तोकिएको छ।
सागपाततर्फ रायोको साग रु २००, पालुङ्गो रु ३००, तोरीको साग रु १५० र हरियो प्याज रु २०० प्रतिकिलो कायम भएको छ। च्याउमध्ये कन्य च्याउ रु २८०, डल्ले च्याउ रु ४००, राजा च्याउ रु ३२० तथा सिताके च्याउ रु १,००० प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।
अन्य कृषि उपजमा कुरिलो रु ५००, निगुरो रु १००, ब्रोकाउली रु १२०, चुकन्दर रु ७०, रातो बन्दा रु ४०, सजिवन रु ३००, जिरीको साग रु २००, सेलरी रु २००, पार्सले रु ५००, पुदिना रु ५००, गान्टेमूला रु २००, इमली रु १८०, तामा रु १६०, तोफु रु १६० र गुन्द्रुक रु ३५० प्रतिकिलो तोकिएको छ।
फलफूलतर्फ फुजी स्याउ रु ३००, नेपाली केरा प्रतिदर्जन रु ३००, मालभोग केरा रु २००, कागती रु १८०, अनार रु ५००, मालदह आँप रु २२०, चोसा आँप रु २००, हरियो तरबुजा रु ७०, जुनार रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, स्थानीय काँक्रो रु ४५, हाइब्रिड काँक्रो रु १५, स्थानीय क्रस काँक्रो रु ३५, रुख कटहर रु ५०, स्थानीय नास्पाती रु ८०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १२०, लप्सी रु ६०, अमला रु २६०, एभोकाडो रु ५००, काँचो नरिवल रु ८० र हरियो नरिवल रु १७० प्रतिकिलो कायम गरिएको छ।
मसलातर्फ नेपाली ड्रागन फ्रुट रु ५००, अदुवा रु २३०, सुकेको खुर्सानी रु ५५०, हरियो खुर्सानी (लाम्चो र बुलेट) रु १००, माछे खुर्सानी रु ७०, अकबरे खुर्सानी रु २००, भेडे खुर्सानी रु १००, हरियो लसुन रु १५०, हरियो धनियाँ रु ३००, चाइनिज सुकेको लसुन रु २४०, नेपाली सुकेको लसुन रु २०० र सुकेको छ्यापी रु २०० प्रतिकिलो तोकिएको छ।
त्यसैगरी, सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा रहु माछा रु ३४०, बचुवा माछा रु ३०० र छडी माछा रु ३०० प्रतिकिलो अधिकतम थोक मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।