काठमाडौँ । दाङस्थित लमही नगरपालिका-९ च्याउखोला नजिक पूर्व-पश्चिम महेन्द्र राजमार्गमा दूध बोकेको ट्यांकर र कार एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको ट्यांकर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालकसहित पाँच जना घाइते भएका छन् ।
घाइते भएका दाङ शान्तिनगर गाउँपालिका-६ बस्ने २५ वर्षीय दिपेश भण्डारी, जिल्ला सुर्खेत गुर्बाकोट नगरपालिका-४ बस्ने २७ वर्षीया गीता बि.क.,सुर्खेतको गुर्बाकोट नागरपालिका-१ बस्ने ६१ वर्षीय मादले बि.क., दाङ तुलसीपुर उपमहानगरपालिका-९ बस्ने २५ वर्षीय कपिल के.सी. र जिल्ला बाँके कोहलपुर नगरपालिका-१० बस्ने ३२ वर्षीया कौसिला बि.क.रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि बाँकेतर्फ पठाइएको छ । ट्यांकर चालक कपिलवस्तुको बुद्ध भूमि नगरपालिका-९ बस्ने ३४ वर्षीय शिवनारायण थारुलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।