काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले बहालमा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
महानगरको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए महानगर आफैँले कार्यालय खाली गराउने चेतावनी समेत दिएको हो।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार उल्लेखित सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति) कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।
