काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आएकी छन् ।
नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । अहिले उनी होटेल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छन् ।