
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले लोकलाई नै लज्जित पार्नेगरी विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गरेको बताए। प्रचण्डले यसो भन्दै गर्दा प्रधानमन्त्रीले बर्खास्त गरेको उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले हात उठाएका थिए। उनी कांग्रेसबाट सरकारमा गएका थिए।
उनले भने, ‘बिजुलीको अर्बौँ नतिर्नेहरूलाई खुसी पार्नुभयो। तर त्यहीनेर अघिल्लो सरकारले भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईंहरुलाई पलाएन। अहिले पनि निकै कञ्जुर्याइँ गरेर नीति कार्यक्रममा गरिनेछ भनेर राख्नुभयो।’
उनले सरकारले माफियाहरूको पक्षमा कानून बनाएर भूमिसम्बन्धी समस्या समाधान नहुने बताए।