काठमाडौं, १६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाई मंगलबार साँझ रकम जम्मा गरेर रिहा भएका हुन् ।
युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ मुद्दा दर्ता छ। अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएकाले दुईवटा मुद्दा दर्ता भएको थियो।
रिहा भएपछि प्रसाईले आफु शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लडाई लड्ने बताएका छन् ।
उनले आफुलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप लगाउदै आफुले नेपालकै ठुलो अस्पताल चलाइरहेको बताए ।