काठमाडौँ, १५ असोज । आज बसेको नेकपा एमालेको सचिवालय बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा रु ५० लाख रकम जम्मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।