वीरगन्ज, २ असोज । साधुको भेषमा लागुऔषध चरेश कारोबार गरेको अभियोगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति भारत उत्तर प्रदेश अगरा कुडोल फलेहावाद घर बताउने अन्दाजी ४२ वर्षको गोपाल गिरी छन् ।
वीरगन्ज-२ डम्पिङ साइडतर्फ लागु औषध खरिद बिक्री कारोबार भइहरेको छ, भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको संयुक्त टोलीले उनलाई मङ्गलवार (हिजो) बिहान ९:१५ बजे पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
उनको साथबाट दुई केजी ९६० ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले बताए ।
पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।