तानसेन, २९ भाद्र । पाल्पाको माथागढी गाउँपालिका-४ सुर्कावास स्थित झुम्सा खोलामा बगेर एक व्यक्तिको निधन भएको छ ।
शुक्रवार दिउँसो ३:१० बजे जिल्लाको तिनाउ गाउँपालिका-४ बिजनचौर बस्ने अन्दाजी ५३ वर्षीय शेर बहादुर चौहान खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।
चौहानलाई खोलाले बगाएर १५० मिटर तल पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार खोलाको बीचभागमा मृत अवस्थामा उनी भेटिएका हुन् ।
घटनास्थलमा प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धान कार्य पश्चात् शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाएको डिएसपी श्रेष्ठले बताए ।