काठमाडौं, २६ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा र कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउने बैठकको एजेन्डा रहेको बताइएको छ।
बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दै छ ।
सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ ।
राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ । सत्तारुढ दलबाट निर्वाचित सांसदहरुले मंगलबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए ।
रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ ।
उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दुतावासलाई पत्र लेखेपछि उनी विवादमा परेकी हुन् ।
र यो पनि : उपसभामुख रानालाई हटाउन सांसदहरूको हस्ताक्षर सङ्कलन