दाङ, ३१ श्रावण । दाङमा सर्पले डसेर घाइते भएका आमाछोरीमध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ ।
घोराही-६ गुरुवागाँउ बस्ने २५ वर्षकी आस्मा चौधरी र उनको ६ वर्षको छोरी ईन्दू चौधरीलाई बुधवार कोठामा सुतिरहेको समयमा विषालु सर्पले डसेको थियो ।
छोरीको टाउको र आमाको बायाँ हातमा सर्पले डसेपछि उनीहरूलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको क्रममा उपचारकै क्रममा ईन्दूको निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राम प्रसाद तिम्सिनाले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘सर्पले डसेर आमाछोरीलाई नै उपचारको लागि ल्याइएको रहेछ । अस्पताल ल्याएको केही समयमा नाबालिका छोरीको निधन भएको हो ।’
सोही अस्पतालमा उपचाररत आस्माको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।