काठमाडौं, १६ श्रावण । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा प्रदेश प्रमुख नियुक्त गरेका छन् ।
बुधबार राष्ट्रपति पौडेलले बाग्मती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
यसअघिका बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा कैलालीका दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पा घर भएका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङ घर भएका यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।