काठमाडौं । ६५ वर्षकी एक भुटानी नागरिक नौ हजार पाँच सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।
बिहीबार बिहान ड्रुक एयरद्वारा काठमाडौँबाट पारो जान लागेकी ती यात्रुको साथबाट प्रहरीले एक सय दरको ८५ थान र ५० दरको २० थान अमेरिकी डलर र आठ हजार रुपैयाँ भारतीय रकम बरामद गरेको हो ।
यसी छोडेन नाम गरेकी ती महिलाले बोकेको ह्याण्ड ब्यागमाभित्र उक्त विदेशी रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
विदेशी मुद्रा अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक तर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि उनलाई राजश्व् अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।