काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै रकम लिएका सम्पर्कबिहीन भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेख दुल्लु नगरपालिका-११ घर भई हाल काठमाडौंको नागार्जुन बस्ने बर्ष ४० को कुल बहादुर पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले भुवनेश्वर अनात्य नाम गरेका व्यक्तिलाई अमेरिका पठाईदिन्छु भन्दै एघार लाख पचास हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए ।
अमेरिका पुग्ने आशमा पन्तलाई रकम दिएको भएपनि उनी लामो समयसम्म सम्पर्कबिहिन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
विभागको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पन्तले आज दिउँसो काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका पन्तलाई थप अनुसन्धान एवं कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।