जाजरकोट । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका-१२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए। मृतकको ठेगाना खुलेको छैन ।