पोखरा । आज दिउँसो पोखराको सेती खोचमा खसेर बेपत्ता भएकी बालिकाको उद्दार गरिएको छ ।
पोखरा महानगरपालिका-१५ सिताराम पुल नजिकै जमिन चिरा परेको ठाँउबाट खसेर नागढुङ्गा बस्ने बर्ष १२ की स्मृति पराजुली बेपत्ता भएकी थिइन् ।
दुई घण्टासम्म सशस्त्र र जनपथ प्रहरीको रेस्क्यु टोलीले खोजेतलास गरेपछि बेलुका ५:०० बजेतिर बालिका फेला परेकी थिइन् ।
बालिकालाई उद्दार गरी पश्चिम क्षेत्रिय अस्पताल पोखरा पठाएकोमा ६:०० बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण बहादुर बि.क. ले बताए ।
मृत बालिकाको शब सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।