तुलसीपुर । दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् ।
तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताइन्।
“बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उनले भनिन्, “उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”
अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर-६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ ।
थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन्। उक्त संस्थाले सहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ ।