काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न प्रमिला यादव नयाँ वानेश्वर पुगेकी छन् ।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवारी दर्ता गराउन भनेकाले जसपाको तर्फबाट दुइटा उम्मेदवारी दिइएको बुझिएको छ । प्रमिला राष्ट्रियसभा सदस्य हुन्। उनी जसपाकी राजनीतिक समिति सदस्य हुन्।
यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन नयाँ वानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेकी हुन् ।
जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।
उता नेकपा एमालेबाट अष्ट्रलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् भने जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि उपराष्ट्रपतिमा जसपा र जनमत पार्टीबाट उम्मेदवारी परेको हो ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ।