काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बराही बस्ने काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका ४३ वर्षीय धन बहादुर तामाङको लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुरसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९४ हजार ५५ रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।