काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम भएको हो । नेप्से परिसूचक करीब दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर २६ हजार चार सय ५४ पटक खरिद-बिक्री हुँदा रू एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ५६ दशमलव ८१ र उत्पादन समूहको उपसूचक एक सय ११ दशमलव २० अङ्कले घटेको छ । बैंङ्किङ समूह सात दशमलव ६३, विकास बैंक ५१ दशमलव ४५, वित्त समूह १० दशमलव ५७, होटल तथा पर्यटन समूह ४७ दशमलव ०७ र जलविद्युत् समूह ३४ दशमलव ९५ अंकले घटेको नेप्सेले जनाएको छ ।
त्यसैगरी, आज लघुवित्त समूहको उपसूचक एक सय ४ दशमलव ६७ र निर्जीवन बीमा समूहको उपसूचक ९७ दशमलव ६२ अकले घटेको छ । लगानी समूह शून्य दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ११ व्यापार समूह २७ दशमलव ७१ र अन्य समूह १९ दशमलव ११ अङकले घटेको छ ।
आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रू आठ करोड ७२ लाख ३७ हजार बराबरको एक लाख ७९ हजार चार सय ९० कित्ता शेयर खरिद-बिक्री भएको छ ।